निर्वाचन भएको १२५ सिटमध्ये सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी)ले १२० सिटमा जित हासिल गरेको छ।
कम्बोडियामा सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री सम्देच हुन सेन नेतृत्वमा रहेको सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी)ले बहुमत प्राप्त गरेको छ।
निर्वाचनको यो नतिजासँगै हुन सेन पुनः आगामी ५ वर्षका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ। निर्वाचन भएको १२५ संसदीय सिटमध्ये सीपीपीले १२० सिटमा जित हासिल गरेको छ। बाँकी पाँच सिटमा फनसिनपेक पार्टीले जितेको राष्ट्रिय निर्वाचन समिति (एनईसी)ले बताएको छ।
७० वर्षीय हुन सेन सन् १९८५ देखि निरन्तर सत्तामा छन्। सातौँ आमनिर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए। सत्तारुढ पार्टी सीपीपीले खसेकोमध्ये ८२.३ प्रतिशत मत प्राप्त गरेको छ। प्रधानमन्त्री सेनले अगस्ट २२ मा प्रधानमन्त्रीको शपथग्रहण गर्ने समाचार संस्था सिन्ह्वाले जनाएको छ।
कम्बोडियामा भएको निर्वाचनलाई चीनले स्वागत गरेको छ। अमेरिकाले न त स्वतन्त्र न निष्पक्ष भनेर टिप्पणी गरेका छ। कतिपय पश्चिमा राष्ट्रले अधिनायकवादी शासन बिस्तार भनेर टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीको हुन सेनको कार्यकालमा राजनीतिक दमन, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध, असहमतिको दमन, मानवअधिकार हननका आरोप जस्ता विषयलाई लिएर विश्वव्यापी मानवअधिकार संगठनले आलोचना गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
