गौरीशंकर गाउँपालिका– ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती पहिरोमा बेपत्ता छन्। स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको छ।
दोलखा– दोलखामा पहिरोमा परी बेपत्ता बालकको शव भेटिएको छ।
हराइरहेका अरू तीन जनाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए। गौरीशंकर गाउँपालिका– ७ टोपाटारमा गएराति पहिरो गएको हो।
अविरल वर्षासँगै गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रजिअ धमलाको भनाइ छ। पहिरोमा बेपत्ता हुनेमा स्थानीय हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती छन्।
स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए। सो पहिरोमा परी अन्य तीनजना घाइते भएका छन्।
बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकोप्टर पठाइएको छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
