जन्द अल–शाम र फताह नामक इस्लामवादी संगठनबीचको द्वन्द्वले सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेह अशान्त बनेको छ।
दक्षिणी लेबनानस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा लगातार तेस्रो दिन पनि झडप भएको छ। प्रतिद्वन्द्वी गुटबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ।
लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल–शाम संगठनले शनिबार फताह गुटका एक जना वरिष्ठ सदस्य र उनका चार अंगरक्षकको हत्या गरेको थियो। त्यसपछि आइतबार र सोमबार लगातार झडप भएका थिए।
जन्द अल–शाम र फताह नामक इस्लामवादी संगठनबीचको द्वन्द्वले आइन अल–हिल्वेहमा तनाव बढेको शिविर नजिकैको एक निजी अस्पतालका प्रशासक रियाद अबो एलेइनले बताएका छन्। शिविर भित्रबाट गोलाबारीको आवाज आइरहेको छ।
प्यालेस्टाइनको राष्ट्रिय एकतातर्फ अघि बढ्ने प्रयासमा फताह र हमास जस्ता विरोधी संगठन इजिप्टमा मेलमिलाप वार्ताका लागि भेला भएका छन्। तर, गाजा क्षेत्रमा शासन गर्ने इस्लामवादी संगठन हमासले सन् २००७ मा प्यालेस्टिनी प्राधिकरणबाट तटीय क्षेत्र कब्जा गरेदेखि हिंसात्मक झडप रोकिएका छैनन्।
प्यालेस्टिनी समूहले नै शिविरको सुरक्षा गर्ने भएकाले त्यहाँ लेबनानका सुरक्षाकर्मीको कुनै भूमिका हुँदैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
