एमाले सचेतक महेश बर्तौलाले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौँ ‘सेटिङ’ गरेर देशलाई बदनाम गर्नतर्फ लागेको बताए।
काठमाडौँ– नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन्। सोमबार संसद् भवनमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै एमाले सचेतक बर्तौलाले सरकारमै रहेका उच्च व्यक्तित्वहरू पर्ने डरले सरकार उच्चस्तरीय छानबिन समिति गठन नचाहेको बताएका हुन्।
बर्तौलाले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौँ सेटिङ गरेर देशलाई बदनाम गर्नतर्फ लागेको बताए। उनले नेपाललाई ट्रान्जिट प्वोइन्ट बनाउने, चीनबाट सुन नेपाल भित्र्याउने र अन्यत्रतर्फ निर्यात गर्ने गतिविधिमा सरकारको प्रत्यक्ष सहभागिता रहेको आरोप लगाए।
“समृद्धिको प्रत्याभूति गर्नुपर्ने सरकारले अनेकौ सेटिङ गरेर देशलाई बदनाम गर्ने स्थितिको विकास गरिरहेको छ। नेपाललाई ट्रान्जिट प्वोइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुन नेपाल भित्र्याउने र अन्यत्रतर्फ निर्यात गर्ने यहाँबाट जे खालको गतिविधि भइरहेको छ सरकारको प्रत्यक्ष सहभागितामा भइरहेको छ,” उनले भने, “त्यसकारण एमालेले संसद्मा उच्चस्तरीय छानबिन समिति नबनाएसम्म अन्य प्रक्रियाहरूलाई हामीले रोकेका छौँ।”
उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष पारदर्शी ढंगबाट सत्यतथ्य बुझेर दोषीलाई कारबाही गर्नुपर्नेमा उच्च ओहोदामा बसिरहेका व्यक्ति मुछिने डरले सरकारले छानबिन समिति बनाउन नचाहेको उनको भनाइ छ।
“सामान्य मानिसहरू छैनन् यहाँ। दलका मूर्धन्य नेताहरू हुनुहुन्छ। महत्त्वपूर्ण ओहोदामा बसिसकेका, जिम्मेवारीमा बसिसकेका मन्त्रीहरू हामीले देखिरहेका छौँ। तसर्थ संसद्मार्फत सरकारलाई खबरदारी गर्छौं। सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन,” उनले भने।
सचेतक बर्तौलाले गृहमन्त्रीले भ्रष्टाचार निर्मूल पार्छु भन्दै हिँडे पनि त्रिभुवन विमानस्थलबाट बाहिरिएको क्विन्टल सुन अर्थमन्त्रीले बाहिरबाट समातेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति कटाक्ष गरे। उनले बहालवाला मन्त्रीहरूले देशका स्रोतसाधन निजी हितमा उपयोग गर्ने चाहना राखिरहेको आरोप लगाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
