चीनले कोभिड–१९ पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन संघर्ष गरिरहेको छ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई उकास्ने उद्देश्यले अधिकारीहरूले नयाँ उपायहरू जारी गरे पनि चीनको विनिर्माण क्षेत्रको गतिविधिमा लगातार चौथो महिना संकुचित भएको तथ्यांकले देखाएको छ।
नेशनल ब्युरो अफ स्टाटिस्टिक्स (एनबीएस) का अनुसार आधिकारिक ‘म्यानुफ्याक्चरिंग पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई)’ ४९.३ मा आएको छ, जुन विस्तार र संकुचनलाई छुट्याउने ५० अंकभन्दा कम हो।
विनिर्माणसम्बन्धी गतिविधि जुलाईमा जूनको ४९.० को तथ्यांकभन्दा सामान्य बढी भए पनि यसमा सामान्य वृद्धि भएको छ। यो वृद्धि ब्लुमबर्ग सर्वेक्षणको पूर्वानुमानभन्दा राम्रो देखिएको छ। एनबीएसका तथ्यांकविद् झाओ किङ्हेले भने, “विनिर्माण समृद्धिको समग्र स्तरमा सुधार भइरहेको छ।”
चीनले कोभिड–१९ पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन संघर्ष गरिरहेको छ।
सेवा र निर्माण क्षेत्रमा व्यावसायिक भावना मापन गर्ने गैर–विनिर्माण पीएमआई जुनमा ५३.२ प्रतिशत रहेकोमा जुलाईमा ५१.५ प्रतिशत विन्दुमा झरेको छ। यसो हुनुमा चिनियाँ पुँजी बजार सेवाहरू र रियल इस्टेटका गतिविधिमा आएको संकुचन जिम्मेवार रहेको देखिएको छ।
हालैका महिनाहरूमा निराशाजनक आर्थिक तथ्यांकहरूले अधिकारीहरूलाई नयाँ आर्थिक समर्थन उपायहरू अनावरण गर्न उत्प्रेरित गरेको छ।
सरकारले सोमबार उपभोग बढाउन २० बुँदे योजना सार्वजनिक गरेको छ, जसमा आवासको माग, संस्कृति र पर्यटन क्षेत्र र विद्युतीय सवारी जस्ता हरित खपतका लागि थप सहयोग समावेश छन्।
यसै महिना चीनले दोस्रो त्रैमासिकमा आफ्नो अर्थतन्त्र ६.३ प्रतिशतले वृद्धि भएको बताएको थियो, जुन विश्लेषकहरूको सर्वेक्षणको आधारमा एएफपीले गरेको ७.१ प्रतिशतको प्रक्षेपणभन्दा निकै कमजोर थियो।
चिनियाँ शीर्ष नेताहरूले अर्थतन्त्रले ‘नयाँ कठिनाइ र चुनौतीहरू’ का साथै ‘प्रमुख क्षेत्रहरूमा लुकेका खतराहरू’ को सामना गर्नुपरेको चेतावनी दिएका छन्।
झाओले सोमबार विदेशी मागको कम मात्रालाई संकेत गर्दै ‘जटिल तथा गम्भीर बाह्य वातावरण’ र कमजोर माग हुनुलाई चिनियाँ उत्पादकहरूका लागि प्रमुख चुनौतीको रूपमा वर्णन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
