वेस्ट इन्डिजले भारतविरुद्धको ३ खेलको एक दिवसीय सिरिजका लागि घोषणा गरेको टोलीमा ब्याटर शिमरोन हेटमायर र फास्ट बलर ओशाने थोमसले पुनरागमन गरेका छन्।
काठमाडौँ– वेस्ट इन्डिजले भारतविरुद्धको ३ खेलको एक दिवसीय सिरिजका लागि टोलीको घोषणा गरेको छ। वेस्ट इन्डिज क्रिकेट बोर्डले शाई होपको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो।
टोलीमा ब्याटर शिमरोन हेटमायर र फास्ट बलर ओशाने थोमसले पुनरागमन गरेका छन्। हेटमायरले टी–२० र एक दिवसीय विश्वकप छनोट गुमाएका थिए। २६ वर्षीय हेटमायर र थोमसले करिब दुई वर्षअघि वेस्ट इन्डिजका लागि अन्तिम पटक एक दिवसीय खेलेका थिए।
उनीहरू दुवै टोलीबाट सन् २०१९ को एक दिवसीय विश्वकप पनि खेलेका छन्। बोर्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने लक्ष्यका साथ बलियो टोली निर्माणमा ध्यान केन्द्रित गरेको छ। त्यसैले दुवै खेलाडीलाई पुनरागमन गराएको हो।
वेस्ट इन्डिज क्रिकेट बोर्डका प्रमुख छनोटकर्ता डेसमन्ड हान्सले भने, “थोमस र हेटमायरलाई टोलीमा स्वागत छ। दुवैले अन्तर्राष्ट्रियस्तरमा क्रिकेट खेलेका छन् र उनीहरूको प्रदर्शन निकै राम्रो छ। उनीहरूलाई टोलीमा फर्काउनु निकै महत्त्वपूर्ण थियो। थोमसमा नयाँ बलबाट विकेट लिन सक्ने क्षमता छ। हेटमायर एक राम्रो फिनिशर हुन्।”
विकेटकिपर निकोलस पूरन, फास्ट बलर किमो पल र अलराउन्डर जेसन होल्डर भने टोलीमा परेका छैनन्। यता, फास्ट बलर जेडेन सिल्स, लेग स्पिनर यानिक कारिया र बायाँहाते स्पिनर गुडाकेश मोती टोलीमा फर्किएका छन्।
भारत र वेस्ट इन्डिजबीचको ३ खेलको एक दिवसीय शृंखला २७ जुलाईदेखि शुरू हुँदैछ। दोस्रो एक दिवसीय खेल २९ जुलाई र तेस्रो एक दिवसीय अगस्ट १ मा हुनेछ। पहिलो एक दिवसीय खेल बार्बाडोसको केनिङ्टन ओभल मैदानमा हुनेछ भने तेस्रो खेल त्रिनिडाडको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा हुनेछ।
दुई टोलीबीचको तीनवटै फर्म्याटको शृङ्खला दोस्रो टेस्टबाट शुरू भएको हो। भारतले टेस्ट सिरिज १–० ले जितेको छ। अब ३ ओडीआई सिरिज खेलिनेछ। एक दिवसीयपछि ३ देखि १३ अगस्टसम्म ५ खेलको टी–२० सिरिज पनि खेलिनेछ।
वेस्ट इन्डिजको एकदिवसीय टोली
शाइ होप (कप्तान), रोभम्यान पावेल (उपकप्तान), एलिक एथानाज, यानिक कारिया, केसी कार्टी, डोमिनिक ड्रेक्स, शिमरोन हेटमायर, अल्जारी जोसेफ, ब्रेन्डन किंग, काइल मेयर्स, गुडाकेश मोटी, जाडेन सील्स, रोमारियो शेफर्ड, केभिन सिनियर, केभिन सिनियर।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
