परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखरखेती गरेको पुर्जाले बताए।
म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थालेका छन्। लामो समय विदेशी भूमिमा काम गरेपछि उनी फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखरखेती गरेका हुन्।
“विदेशमा गर्ने दुःख यहीँ गरेर स्वरोजगार हुने लक्ष्यका साथ जडीबुटी र ओखरखेती शुरू गरेको हुँ,” उनले भने, “हाल कुल १३ रोपनी पाखोबारीमा ओखर र सतुवाखेती गरिरहेको छु।”
हाल लालीगुराँस आधुनिक कृषि फार्म स्थापना गरी काम गरिरहेका पुर्जाले रोजगारीका लागि ६ वर्ष साउदी र तीन वर्ष कतारमा काम गरे। टर्कीबाट प्रतिगोटा एक हजार ७५० का दरले बिरुवा किनेर तीन हजार दाँते जातको ओखरका बिरुवा रोपेको पुर्जाको भनाइ छ। चार रोपनीमा ताप्लेजुङ र म्याग्दीको तोरीपानीबाट ५० हजार गाना सतुवाको बिरुवा ल्याएर लगाएका हुन्।
समुद्री सतहदेखि करिब दुई हजार ३०० मिटर उचाइमा रहेको बोवाङको चिसो हावापानी भएको भूगोल सतुवा र ओखरखेतीका लागि अनुकूल मानिन्छ। बोवाङको जंगलमा प्राकृतिक रूपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो।
पुर्जाको फार्ममा हाल २० हजार सतुवाका बिरुवा तयार भएका छन्। सतुवाको बिरुवाको बजार मूल्य प्रतिगोटा ४७ रुपैयाँ पर्छ। सतुवाको बजार मूल्य हाल प्रतिकिलो सातदेखि आठ हजार रुपैयाँ छ। तीन वर्षअघि प्रतिकिलो सतुवाको मूल्य २५ हजार रुपैयाँ थियो।
“करिब ५० हजार गानाबाट पाँचदेखि छ क्विन्टल सतुवा निकाल्ने भए पनि बजार भाउ राम्रो नभएकाले उत्खनन गरेको छैन,” उनले भने, “राम्रो बजार भाउ पाए सतुवा बिक्री गर्नेछु।” सतुवा र ओखरखेती गर्नुअघि पाखोबारीमा जौ, उवा, गहुँ, मकै र कोदोखेती हुने गरेको थियो।
परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखरखेती गरेको पुर्जाले बताए। पुर्जालाई कृषि ज्ञानकेन्द्रले फार्मको घेराबार गर्न अनुदान सहयोग गरेको थियो। काठ र फलामको तारले फार्म घेराउ गर्ने पुर्जाको तयारी गरेका छन्।
यसैगरी, सतुवाको बिरुवा भएको पल्टमा प्लास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकीराबाट बचाउन सकिने पुर्जाको अपेक्षा छ। औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
