सदरमुकाम खलंगाको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल नुन मौज्दात रहेको कार्यालयले जनाएको छ।
जुम्ला– जुम्लामा नुनको अभाव नरहेको साल्ट ट्रेडिङ कर्पोरेशन खलंगाले जनाएको छ। एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेकाले अभाव नहुने कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए।
उनका अनुसार सदरमुकामको डिपोमा ८२१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५५० क्विन्टल र गुरुचौर डिपोमा ३५० क्विन्टल नुन मौज्दात छ। “ जिल्लामा नुनको अभाव हुने छैन। केही सातापछि आठवटै स्थानीय तहका वडाबाट नुन वितरण गरिने छ,” उनले भने, “वडाको मागबमोजिम नुन वितरण हुन्छ।”
गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाँडभैलो गर्दै डिपोमा तोडफोड गरेका थिए।
गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार २०० क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट ३२० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए।
तिला गाउँपालिकाले नौवटै वडामा नुन ल्याउनका लागि कार्यपालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडाबाट नुन वितरण गर्ने योजना बनाएको छ।
वडामा नुन ल्याउन साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
