Sunday, May 05, 2024

-->

सुन बरामद प्रकरण : जाँचपासमा संलग्न कर्मचारी निलम्बित

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार, भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी खरिददार कुमार ढकालले गरेका थिए।

सुन बरामद प्रकरण  जाँचपासमा संलग्न कर्मचारी निलम्बित

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रियबाट बुधबार जाँच पास भएर अवैध सुन भित्रिएपछि विमानस्थल भन्सार कार्यालयबाट जाँचपास गराउने एक कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको छ। 

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार, भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी खरिददार कुमार ढकालले गरेका थिए। जाँचकी ढकाललाई निलम्बन गरिएको छ। चन्दलाई कारबाहीका लागि अर्थ मन्त्रालय पठाइएको पौडलले जानकारी दिए।

कानूनी व्यवस्थाअनुसार महानिर्देशकलाई अधिकृत तहको कर्मचारीलाई निलम्बन गर्ने अधिकार नभएकाले अर्थसचिवलाई पत्राचार गरिएको हो। भन्सार जाँचमा सम्बन्धित अधिकृत र जाचँकी पूर्ण जिम्मेवार हुन्छन्।

भन्सार विभागले बिनाजाँच छानबिन समितिसमेत गठन गरेको छ। भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। राजस्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो। सो प्रकरणमा हालसम्म पाँच नेपाली, एक तिब्बती मूलका भारतीय र एक जना चिनियाँ नगरिक गरी सात जनालाई विभागको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।


सम्बन्धित सामग्री