छानबिनको क्रममा एनआरटीले बढी उमेरको खेलाडी मैदान उतारेको पाइएको एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले जनकारी दिए।
काठमाडौँ– यू–१६ लिगमा न्यूरोड टिम (एनआरटी)ले बढी उमेरका खेलाडी खेलाएको पुष्टि भएको छ।
लिगअन्तर्गत गत शनिबार च्यासल मैदानमा भएको पहिलो खेलमा एनआरटीसँग ५–१ गोलअन्तरले पराजित भएपछि विभागीय टोली त्रिभुवन आर्मीले बढी उमेरको खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)मा उजुरी गरेको थियो।
छानबिनको क्रममा एनआरटीले बढी उमेरको खेलाडी मैदान उतारेको पाइएको एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले जनकारी दिए। उनका अनुसार कारवाहीस्वरूपएनआरटीले जोडेको तीन अंक खोसिएको छ।
उक्त खेलमा आर्मीलाई ३-० गोलअन्तरले विजयी भएको घोषणा गर्दै तीन अंक प्रदान गरिएको छ।
एन्फाले अर्को खेलमा विवादित खेलाडीलाई मैदान उतार्न नदिने बताएको छ। एनआरटीले लिगको दोस्रो खेल एफसी खुमलटारसँग खेल्ने छ। शनिबार च्यासल मैदानमा हुने खेल दिउँसो ४ बजे शुरू हुने छ।
खुमलटार पहिलो खेलमा मछिन्द्र क्लबसँग ६-१ गोलअन्तरले पराजित भएको थियो। यता, आर्मीले लगनखेलको मैदानमा शनिबार नै फ्रेन्ड्स क्लबको सामना गर्ने छ। फ्रेन्ड्सले पहिलो खेलमा चर्च ब्वाइजलाई २-० गोलअन्तरले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
