गत वर्ष गरेको सहमति कार्यान्वयनको माग गर्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न साउन १ गतेदेखि अवरोध गरिरहेका छन्।
काठमाडौँ- यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।
एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै साउन १ गतेदेखि स्थानीयले फोहर व्यवस्थापनमा रोक लगाएका हुन्। फोहोर बोकेका गाडीलाई स्थानीय जनप्रतिनिधिसमेतको सहभागितामा व्यवस्थापनस्थल पस्न रोग लगाइएको छ। माग पूरा नहुँदासम्म अवरोध जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले बताए।
स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटकपटक काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध हुने गरेको थियो। नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाइँले यसअघि काठमाडौँ महानगरसँग भएको सहमति पूरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने बताए।
धुनीबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले पनि उही अडान दोहोर्याए। सहमतिको एकवर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएको उनको भनाइ छ।
यता काठमाडौँ महानगर पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयको मागबमोजिम आसपासको तीन हजार रोपनी जग्गा महानगरले मात्र अधिग्रहण गर्न नसक्ने बताए।
१५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकोको फोहोर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो। फोहोर व्यवस्थापनमा रोक लगाएपछि फोहरमैला व्यवस्थापन संघले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो। उक्त रिटमा सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो।
हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट दैनिक ३०० गाडी फोहोर उक्त स्थानमा लाने गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
