एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन्।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१६ लिगको खेल तालिका सार्वजनिक गरेको छ।
एन्फाले बिहीबार शुक्रबारदेखि आयोजना हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार १० टोलीको सहभागिता रहने लिगको पाँचौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरिएको हो।
एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो ३ बजे शुरू हुने छ।
शनिबार चार खेल हुने छन्। यो खेलसँगै पहिलो चरण सकिने छ। शनिबारको पहिलो खेलमा फ्रेन्ड्स क्लबले चर्च ब्वाइजसँग खेल्ने छ। यो खेल एन्फा कम्प्लेक्समा दिउँसो १२:३० बजे शुरू हुने छ। यस्तै, दोस्रो खेल च्यासलमा दिउँसो १ बजे संकटा र एपीएफबीच हुने छ।
तेस्रो खेल सल्लाघारीमा दिउँसो ३ बजे आर्मी र न्यूरोड र चौथो खेल च्यासलमा खुमलटार र मछिन्द्रबीच हुने छ। यो खेल दिउँसो ४ बजे शुरू हुने छ।
प्रतियोगितामा यी दुई टोलीबाहेक संकटा, एपीएफ, मछिन्द्र, एनआरटी, खुमलटार, आर्मी, फ्रेन्ड्स र चर्च ब्वाइज युनाइटेडको सहभागिता रहेको छ। लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल रंगशाला र भक्तपुरको सल्लाघारी मैदानमा हुनेछन्।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
