कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद प्रक्रियाको टेन्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाइएको बताएका छन्।
काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले रासायनिक मल खरिदको टेन्डर प्रक्रिया ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताए। उनले सांसदको सहयोग माग्दै भने, “४५ दिनको टेन्डरको जुन समय छ, १५ दिन प्रस्तावित गरौँ भनेका छौँ। यसमा तपाईंहरूले सहयोग गर्नुपर्नेछ।”
उनले जीटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जीटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको उल्लेख गरे। छिटो मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
“खरिद ऐन र खरिद नियमावलीमा संशोधन, जीटुजी प्रक्रियाबाट नै जाऊ, बजेटको सुनिश्चित गरी प्रक्रियालाई छोटो गराइ समयमा नै खरिद गरौँ र आपूर्तिको व्यवस्था गरौँ,” उनले भने।
मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभई प्राङ्गारिक र जैविक मलमा निर्भर हुने कुरामा जोड दिन आवश्यक रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
