नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो।
काठमाडाैँ– घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपालले एसीसी यू-१६ इस्ट जाेन कप जितेको छ। मंगलबार सम्पन्न खेलमा मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले इस्ट जाेन कप जितेको हो।
नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो।
मलेसियाका मोहम्मद अक्रामबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। उनले १२ बलमा १ छक्कासहित १० रन प्रहार गरे।
ओपनर मोहम्मद अस्कल गोल्डेन डकआउट हुँदा कप्तान मोहम्मद अलिफले २ रन बनाए। हमजाह पंगी शून्य र मोहम्मद हेरिल ४ रनमा आउट भए। उनीहरू सबैको विकेट कप्तान अभिषेक तिवारीले लिएका हुन्।
मोहम्मद असराफ रिफाइ ७, मोहम्मद मुकरी १ रनमा आउट हुँदा हजिक हाइकल, एरियन अकिल र मोहम्मद फतुल मुइनले खाता खोल्न सकेनन्।
खैरी मुजाहिद १ रनमा अविजित रहे। नेपालका अभिषेक तिवारीले सर्वाधिक ५ विकेट लिए। उनले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चिए। सन्तोष यादवले ३ तथा सागर गैरे र अशोक धामीले १/१ विकेट लिए।
त्यसअघि बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो।
नेपालका नरेन भट्टले अविजित रहँदै सर्वाधिक ११२ रनको इनिङ्स खेले। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि नरेन र निरजकुमार यादवले ५५ बलमा ५५ रनको साझेदारी गरे।
निरज १६.२ ओभरमा ४९ बलमा ६ चौकासहित ४७ रन बनाएर खेलिरहँदा एलबीडब्ल्यू आउट भए। यस्तै, ओपनर सूर्यान्शु कोइरालाले १८, दीपु कुमारले ५, प्रतीक भट्टराईले १ र सन्तोष यादवले २६ रन बनाए।
सन्तोषले आउट हुनुअघि निरजसँग ७६ बलमा १०३ रनको साझेदारी गरेका थिए। कप्तान अभिषेक तिवारी ४, अशोक धामी ११ र आशिष लोहार २ रनमा आउट भए।
मलेसियाका मोहम्मद अक्रामले सर्वाधिक ३ विकेट लिए। हजिक हाइकल, एरियान अकिल र मोहम्मद फतुल मुइनले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
