Saturday, May 04, 2024

-->

हनुमानढोका परिसरभित्र एम्बुलेन्स र पानी बोक्नेबाहेकका सवारी प्रवेशमा रोक

न्युरोडको जुद्ध शालिकदेखि वसन्तपुर क्षेत्रका सबै ठाउँमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए।

हनुमानढोका परिसरभित्र एम्बुलेन्स र पानी बोक्नेबाहेकका सवारी प्रवेशमा रोक

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन भन्दै महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो।

महानगरपालिकाले न्युरोडको जुद्ध शालिकदेखि वसन्तपुर क्षेत्रका सबै ठाउँमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमानढोका इन्चार्ज ध्रुव भुजेलले बताए।

उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र शाह र सम्पदा क्षेत्रका अधिकारीसँग बैठक बसी थप निर्णय गरिने जनाए। सम्पदा क्षेत्रमा जानेहरूका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने उनको भनाइ छ।

“सम्पदा क्षेत्रभित्र चाहिँ एम्बुलेन्स, दमकल र पानीको गाडीबाहेक अरू सबै गाडीलाई हिजोदेखि नै बन्द गरिसकिएको छ,” उनले भने, “भोलि यहाँ मेयरसाबको अध्यक्षतामा बैठक बसेर थप निर्णय गर्छ। पार्किङको लागि न्युरोड, विशाल बजार बाहिर नै पार्किङ गर्ने र हिँडेर आउने सिस्टम शुरू भएको छ।”

वसन्तपुरको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगरको बुझाइ छ। 

 


सम्बन्धित सामग्री