नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने ठाउँ हो, दोलखाको जिरी। काठमाडौँबाट २०० किलोमिटरमा दूरीमा रहेको जिरीमा गर्मी छल्न विभिन्न जिल्लाबाट पर्यटक आउने गर्छन्।
जिरी– भौगोलिक सौन्दर्यताका हिसाबले नेपाललाई दाँज्नुपर्यो भने शुरूमा सबैको दिमागमा स्विट्जरल्यान्ड आउने गर्छ।
हुन पनि स्विट्जरल्यान्डको भूगोल नेपालसँग धेरथोरै मिल्छ पनि। त्यसमा पनि नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने ठाउँ हो, दोलखाको जिरी। काठमाडौँबाट २०० किलोमिटरमा दूरीमा रहेको जिरी साँच्चै नै केही फरक छ।

काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक हुँदै पुगिने यहाँ कलासंस्कृति, भेषभूषा र स्थानीय खाद्य परिकारमा रम्न सकिन्छ। जिरीमा घुम्नका लागि प्रशस्तै ठाउँ छन्। पाँचपोखरी, हनुमन्तेडाँडा, गुराँसडाँडा, बुद्धपार्क, स्टोनपार्क, राम्बोले महादेव, जिरेश्वर मन्दिर, टोनी हेगन ईकोलोजीकल पार्क, चिज फ्याक्ट्री यहाँका मुख्य आकर्षण हुन्।

जिरीका पर्यटन अभियन्ता लिलाराम खड्का भन्छन्, “राजधानी नजिकको राम्रो पर्यटन क्षेत्रमा सम्भावना बोकेको क्षेत्रमा पर्यटक आउन सकेका छैनन्। सगरमाथाको पहिलो प्रवेशद्वारका रूपमा रहेको जिरी अहिले सुनसान छ। सरकारको यसमा ध्यान जान जरुरी छ।”

पहिले गर्मीको समयमा यहाँका होटेल भरिभराउ हुन्थे। अहिले सुनसान जस्तै छन्। जिरी आन्तरिकसँगै बाह्य पर्यटकको पनि धेरै सम्भावना बोकेको ठाउँ रहेको खड्का बताउँछन्। जिरीमा घुम्न आउनेहरू यहाँको हावापानी मै रमाउने गरेका छन्।

गर्मी छल्न विभिन्न जिल्लाबाट मानिसहरू आउने गर्छन्। यहाँको जिरी चिज र छुर्पी पनि त्यत्तिकै लोकप्रिय छ। यस्तै आलु , छुर्पी र चिज जिरीका कोसेली हुन्।
खड्का भन्छन्, “स्थानीय उत्पादनले अझै राम्रो ठाउँ पाउन सक्छ। अहिले जिरीमा मात्रै सीमित भयो। यसलाई प्रवर्द्धन गर्न जरुरी छ।”





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
