आगामी वर्ष कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सुर्खेतमा रंगशाला निर्माण भइरहेको छ।
सुर्खेत– कर्णालीका आर्थिक मामिलामन्त्री बेदराज सिंहले गौरवको आयोजनाका रूपमा रहेको प्रदेश रंगशाला निर्माणमा बजेट अभाव हुन नदिने बताएका छन्। हीबार बिहान वीरेन्द्रनगरस्थित निर्माणाधीन रंगशालाको निरीक्षण गर्दै मन्त्री सिंहले निर्धारित समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे।
मन्त्री सिंहले आर्थिक वर्ष २०८०र८१ को बजेटमा रंगशालाका लागि ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको र पुग भए थप स्रोत सुनिश्चित गराउनेसमेत प्रतिबद्धता जनाए। “बजेटको कुनै चिन्ता नमान्नुस्। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि बजेट अभाव हुन दिन्नँ। काम चाहिँ राम्रो गर्नुस्,” मन्त्री सिंहले भने।
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै रंगशाला निर्माण भइरहेको छ। कर्णालीमा २०८१ मंसिर २ देखि ९ गतेसम्म १०औँ राष्ट्रिय खेलकुद आयोजना हुने तय भइसकेको छ। मन्त्रीले सिंहले कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अवसर पाएकाले त्यसलाई भरपुर सदुपयोग गर्नुपर्ने बताए।
जेठमा रंगशालाको निर्माण कार्य सक्ने लक्ष्य रहेको र हाल ४० प्रतिशत काम सम्पन्न भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए। रंगशालाका संरचना भूकम्प प्रतिरोधक बनाइने उनको भनाइ छ।
१० हजार दर्शक क्षमता भएको रंगशालाको प्यारापिटमा ‘ग्याल्वनाइज’ फलामका राखिनेछ। रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्विमिङ पुल निर्माण भइरहेको छ। यस्तै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक, भीआईपी प्यारापिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी र सञ्चार कक्ष निर्माण गरिनेछ।
उपाध्यक्ष हमालका अनुसार अपांगतामैत्री संरचना, हरियाली ल्यान्डस्केप र अन्डरग्राउन्ड पार्किङ निर्माण गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
