बौद्धिक जनशक्ति विदेश पलायन भइरहेकाले त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न आयोगले भूमिका खेल्नुपर्ने उपराष्ट्रपति यादवले बताएका छन्।
काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगले पाठ्यक्रम तथा परीक्षण विधिमा समयानुकूल सुधार गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार आयोगको ७३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले बौद्धिक जनशक्ति विदेश पलायन भइरहेकाले त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न आयोगले भूमिका खेल्नुपर्ने बताए।
आयोगले युवा पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने यादवले बताए। कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको उनको भनाइ थियो।
“आयोगले गर्ने भर्ना छनोटको उद्देश्य चुनौतीको सामना गर्नसक्ने, सबै खाले परिवर्तनलाई कुशल व्यवस्थापन गर्नसक्ने खालका उत्कृष्ट मस्तिष्क भएको जनशक्ति प्रवेश गराउने हुनुपर्दछ,” उनले भने, “संघीयता अनरुप समावेशीतर्फ छनोट प्रक्रियालाई समय सापेक्ष परिष्कृत गर्दै थप उम्मेदवार छनोट हुनसक्ने गरी कार्यसम्पादन गर्ने विश्वास लिएको छु।”
उच्च नैतिकवान् र उत्प्रेरित कर्मचारीले मात्रै सुशासनमा टेवा पुर्याउने उपराष्ट्रपति यादवको भनाइ छ। सुशासन समग्र सिद्धान्त ,व्यवहार र जनताले अनुभूति गर्ने विषय भएकाले यसलाई नारामा मात्रै सीमित राख्न नहुनेमा उनको जोड छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
