मनोज र रंगिलाबीच गत वैशाख १ गते प्रेम विवाह भएको थियो। मृतक रंगिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण मनमुटाव हुने गरेको पाइएको छ।
तनहुँ– व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले उनका श्रीमान्लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट छन्। उनले श्रीमती रंगिला भुजेललाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडानजिक नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मृतक रंगिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको एसपी अवदेश विष्टले बताए।
“जेठ २६ गते दिउँसो श्रीमान् श्रीमतीबीच झगडा भएको र निज मनोजले श्रीमतीको हत्या गरी बोरामा शव हालेर आफैँले बोकेर चिहानडाँडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी शवलाई कल्भर्टमा हालेर डेरा फर्किएका थिए,” उनले भने।
निजहरूबीच गत वैशाख १ गते प्रेम विवाह भएको थियो। पक्राउ परेका विष्ट दमौलीमा मार्केटिङ व्यवसायमा आबद्ध रहेको प्रहरीले जनाएको छ। मृतकका बुबा मनबहादुर भुजेलले जेठ ३० गते बिहान छोरी हराएको भनेर कार्यालयमा फोटोसहितको हुलिया निवेदन दिएका थिए।
भुजेलले पेस गरेको हुलिया मृतकको शवसँग मिल्दोजुल्दो देखिएकाले निजलाई बोलाएर मृतकको सनाखत गरिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
