एमाले महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नु गलत हुने बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नु गलत हुने बताएका छन्।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति: अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउछ भन्नु गलत हुने बताएका हुन्।
एमालेले ७० वर्षको उमेरहद निलम्बन गरेपछि भइरहेका टीकाटिप्पणीप्रति लक्षित गर्दै लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताए। उनले नेकपा एकीकृत समाजवादीका तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्नअन्तर्गत केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रूपमा उमेरहद हटाइएको स्पष्ट पारे।
उनले नेकपा एमाले पुराना पार्टीमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै एमालेले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने उल्लेख गरे।
“पुष्पकमल दाहाल प्रचण्डजी २०४५ सालदेखि लगातार प्रमुख नेतामा हुनुहुन्छ। हाम्रो पार्टीभित्र ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली हुनुहुन्छ” उनले भने, “एकतातिर एक जना मात्रै नेता, अर्कोतिर पाँच जना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन, ७० वर्षको उमेरहदले नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव आउँदैन भन्ने होइन।”
महासचिव पोखरेलले विकास र समृद्धिका निम्ति एमाले देशका लागि अपरिहार्य हो भन्ने प्रमाणित भएको बताए। उनले भारतले नयाँ संसद् भवनमा राखेको नेपाली भूमि समेटिएको नक्साबारे स्पष्ट हुनुपर्ने बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संसद्मा उभिएर भारतीय दृष्टिकोण प्रस्तुत गर्ने विडम्बना भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
