सत्तापक्षकै कार्यकताले बिहीबार कोशी प्रदेशका एमाले संसदीय दलका उपनेता राम राना र उपसभामुख सृजना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउनेलगायत प्रयास गरेको भट्टराईले बताए।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेतामाथि निरन्तर सांघातिक हमला प्रयास भइरहँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शुरूमा बोल्दै एमाले सचिव योगेशकुमार भट्टराईले सत्तापक्षकै कार्यकताले बिहीबार पनि कोशी प्रदेश एमालेका संसदीय दलका उपनेता राम राना र उपसभामुख सृजना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउनेलगायत प्रयास गरेको बताए।
यस्ता क्रियाकलाप भइरहँदा सरकार रमिते बनिरहेको आरोप लगाउँदै उनले सरकारसँग त्यसको जवाफ माग गरे। सत्तापक्षकै कार्यकर्ताले एमाले नेतामाथि निरन्तर सांघातिक आक्रमण गर्दा पनि सरकार किन चुप लागेर बसिरहेको भनि प्रश्नसमेत गरे।
“कोशी प्रदेशको नाम के राख्ने? यो कोशी प्रदेशको आफ्नो अधिकारको कुरा हो,” उनले भने, “तर, त्यसका नाममा केही महिना अगाडि हाम्रो पार्टीका अध्यक्ष, केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत शीर्ष नेतृत्वको टोली पूर्वको विभिन्न क्षेत्रको भ्रमण गर्न जाँदा सडकमा अवरोध सिर्जना गर्ने, रुख ढाल्ने, गाडीमा ढुंगामुडा गर्ने, कालो झण्डा देखाउने, त्यति मात्रै होइन, केही ठाउँमा एम्बुस समेत थापिएको थियो। त्यसको मतलव हाम्रा नेताहरूको हत्या प्रयास भएको थियो भन्ने कुरा स्वाभाविक रूपमा बुझ सकिन्छ।”
कोशीको नामाकरणविरुद्धको आन्दोलनमा पुलिसमाथि पनि ज्यादती भएको भट्टराईको भनाइ छ। “पुलिसको अनुहारमा ढुंगाले हानिएको छ। अनुहार किच्याइएको छ। सरकार मूकदर्शक बन्छ। यो विडम्बनापूर्ण कुरा छ।” प्रदेशको नाम के राख्ने भन्ने प्रदेशसभाको अधिकारको विषय भएको उनले बताए।
“ढुंगामुढा गरेर हुँदैन। अराजकता सिर्जना गरेर हुँदैन। देशलाई जातीय हिसाबले विभाजन गर्ने, साम्प्रदायिक हिसाबले विभाजन गर्ने यो भन्दा दुखद कुरा केही पनि हुँदैन,” उनले भने, “सत्तारुढ घटकमध्येका केही दलका प्रतिनिधि हाम्रो पार्टी अध्यक्षमाथि हातपात गर्न आए। के हामीसँग भिड्न आउन खोज्नु भएको छ सत्तापक्ष? त्यसकारणले सभामुख महोदय, यो गम्भीर कुरा छ।” एमालेलाई लखेट्ने प्रयास गरिएको जिकिर गर्दै सचिव भट्टराईले त्यसको प्रतिवाद गर्नुपर्ने अवस्था आउन नदिन सरकारलाई सचेत समेत गराए।
“एमालेमाथि पार्टीगत र नेतागत हिसाबले निशाना लगाइन्छ र गृहमन्त्रीजी तपाईँले हाम्रो सुरक्षा दिन सक्नु हुन्न भने एमालेको सुरक्षा नेकपा एमालेले गर्छ,” उनले भने, “यसको स्पष्ट जवाफ गृहमन्त्रीजीबाट चाहान्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
