कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६८ अंले बढेर १९३२.३३ विन्दुमा पुगेको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढेर ३६५.४७ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
विभिन्न कम्पनीका ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ मूल्यमा खरिद बिक्री भएका छन्। नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ।
सोल्टी होटलको १० करोड १३ लाख १० हजार ७३४ बराबरको कारोबार भयो। शिवम् सिमेन्ट आठ करोड ९७ लाख २१ हजार ४९१, नागरिक लगानी कोष ६ करोड ९० लाख ३८ हजार, नेपाल दूरसञ्चार कम्पनी ६ करोड ५२ लाख ९० हजार २६३ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको पाँच करोड ६७ लाख ७१ हजार १५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनसार, युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। खप्तड लघुवित्त ८.०२, स्वाभिमान लघुवित्त ५.९५, साल्ट ट्रेडिङ कर्पोरेसनको ५.४२ र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्य ५.१५ प्रतिशतले घटेको छ।
यस्तै, सिद्धार्थ इक्विटी फन्ड ४.३५, सनराइज फोकस्ड इक्विटी फन्ड ३.८२, मनकामना स्मार्ट लघुवित्त ३.६५, एनआइबीएल ग्रोथ फन्ड ३.५३ र आरबीबी म्युचुअल फन्ड पहिलोको शेयर मूल्य ३.२५ प्रतिशतले घटेको छ। बिहीबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २० अर्ब ९९ करोड पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
