Saturday, May 11, 2024

-->

अन्तिम खेलमा ला लिगा च्याम्पियन बार्सिलोना पराजित

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना सिजनको अन्तिम खेलमा १३औँ स्थानको सेल्टा भिगोसँग पराजित भएको छ। तर, लिग समाप्तीमा बार्सा दोस्रो स्थानको रियल मड्रिडभन्दा १० अंकले अघि रह्यो।

अन्तिम खेलमा ला लिगा च्याम्पियन बार्सिलोना पराजित

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना यो सिजनको अन्तिम खेलमा पराजित भएको छ। बार्सालाई आइतबार रातिको खेलमा सेल्टा भिगोले २-१ गोलअन्तरले पराजित गरेको छ।

पराजयका बाबजुद बार्सा रियल मड्रिडभन्दा १० अंक अगाडि रह्यो। लिग सकिँदा रियलको ७८ अंक हुँदा बार्साको ८८ अंक छ। तेस्रो स्थानको एथ्लेटिको मड्रिडले ७७ अंक जोड्यो।

बार्साविरुद्ध घरेलु मैदानमा सेल्टा भिगोका लागि गाब्रियल भिगाले २ गोल गरे। उनले ४२ र ५८औँ मिनेटमा गोल गरेका थिए। बार्साका लागि एक मात्र सान्त्वना गोल अंशु फातीले ७९औँ मिनेटमा गरेका थिए।

ला लिगाबाट यो सिजन रियल भाल्लाडोलिड, इस्पानियोल र इल्चे रेलिगेसनमा परेका छन्। रियल भाल्लाडोइडले रेलिगेसनबाट बच्न अन्तिम खेलसम्म संघर्ष गरेको थियो। अन्तिम खेलमा गेटाफेसँग बराबरी खेलेपछि रेलिगेसनमा परेको हो। गेटाफे १५औँ स्थानमा रह्यो।


सम्बन्धित सामग्री