देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिंक ट्राभललगायत प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेका छन्। अधिकांश टिकट मोरक्कोतर्फ जारी गरिएको छ।
काठमाडौँ- ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जीडीएस)मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनीहरूलाई झूटो मेल पठाएर ह्याकरहरूले टिकट बिक्री प्रणाली नै ह्याक गरी अनधिकृत टिकट बिक्री गरेका छन्। उनीहरूले नेपाली कम्पनीहरूलाई करोडौँ रुपैयाँ नोक्सानी पुर्याएका छन्।
ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जीडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेका हुन्। यसरी टिकट बेचिइएका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिंक ट्राभललगायत छन्। प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेको देखिएको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले जानकारी दिए।
उनका अनुसार जीडीएस कम्पनीका नाममा नेपालका ट्राभल कम्पनीलाई मेल पठाएर विदेशी ह्याकरले रातारात विदेशबाट टिकट काटेका छन्। “ह्याकरले जीडीएसको लोगो राखेर मेल पठाएर टिकट बिक्री गरेर ठगी गरेको पाइयो, यो घटना बाहिर आएपछि नेपाली ट्राभल कम्पनी त्रसित छन्”, उनले भने।
ह्याकरले अधिकांश टिकट मोरक्कोतर्फ जारी गरेको देखिएको अध्यक्ष थापाले बताए। पीडित ट्राभल कम्पनीले साइबर ब्यूरोमा उजुरी दिएका छन्। नेपालका ट्राभल कम्पनीलाई सेवर, एमाडस, ग्यालिलियोले जीडीएस सेवा प्रदान गर्दै आइरहेका छन्।
नेपालका ट्राभल कम्पनीलाई जीडीएस सेवा प्रदान गर्दै आइरहेको सेवर नेपाल नेटवर्ककी महाप्रबन्धक अनुपा बुढाथोकीले विदेशी ह्याकरले नेपालमा सेवा दिँदै आएका जीडीएस कम्पनीको लोगो राखेर ट्राभल कम्पनीलाई नक्कली इमेल पठाएर ठगी गरेको देखिएको बताइन्। जीडीएस कम्पनीमार्फत आएका मेललाई ट्राभल कम्पनीले पासपोर्ड र युजरनेम शेयर गर्नुअगाडि त्यो इमेल आधिकारीक निकायबाट आएको हो की होइन भन्ने निश्चित गरेरमात्र शेयर गर्न उनले आग्रह गरिन्।
उक्त घटनापछि सेवरले आफ्नो सेवा प्रयोगकर्ता ट्राभल कम्पनीको हितलाई ध्यानमा राखेर आफ्नो ‘सेक्युरेटी फिचर’लाई अझै बलियो र परिस्कृत बनाएको महाप्रबन्धक बुढाथोकीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
