एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्र हितविपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग गर्ने निर्णय गरेको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग गर्ने भएको छ। शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसद्मा जवाफ माग गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीले पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेकबारे विचार गर्न सकिने अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री दाहालको सो अभिव्यक्तिको विरोध भइरहेको छ।
पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भने, “प्रधानमन्त्रीले फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको भूमिसम्म दिन तयार छौँ भन्ने प्रकारको यस्तो गैरजिम्मेवार, राष्ट्र हित विपरीत, राष्ट्रघातका कुराहरू किन त्यस्ता अभिव्यक्ति दिनुभयो। त्यसले देशको गरिमामा आँच आएको छ। सिंगो नेपाली जनताको शिर निहुरिएको छ। यी सबै विषय हामीले सघन ढंगले सदनमा उठाउँछौँ। प्रधानमन्त्रीसँग जवाफ माग्छौँ।”
उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशहितका कुनै विषय उठान गर्न नसकेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसद्मा उठान गर्ने भनेका विषयहरू किन उठाउन नसकेको भनेर प्रश्न गर्ने बताए। उनले भारतीय पक्षसँग सीमा समस्या, इपीजीलगायतका बारेमा किन बोल्न नसेको भनेर प्रधानमन्त्री दाहालसँग संसद्मा जवाफ माग्ने बताए। प्रधानमन्त्री दाहालको भारत भ्रमण निराशाजनक र तीर्थाटनजस्तो भएको उनको टिप्पणी छ।
एमाले प्रमुख सचेतक गिरीले धरातलीय यथार्थलाई नबुझीकन बजेट ल्याइएको दाबी गरे। बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको बताए। त्यस्तै, उनले नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक कदम भएको बताए। राष्ट्रपतिलाई असंवैधानिक काम गर्न मन्त्रिपरिषद्ले बाध्य पारेको उनको टिप्पणी छ। राष्ट्रपतिले ख्याल नगरी संसद् छलेर नागरिकता विधेयक ल्याएकोप्रति विरोध गर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
