अत्यधिक गर्मीका कारण इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले विद्यालयमा बिदा दिएका छन्।
इनरुवा– अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ।
सदरमुकाम रहेको इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्राहा नरसिंह नगरपालिकाले बिदा दिएका हुन्।
इनरुवाका विद्यालयमा बिहीबारदेखि जेठ २४ गतेसम्म बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए। गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनको भनाइ छ।
त्यसैगरी भोक्राहा नरसिंहका विद्यालयमा पनि गर्मीका कारण बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले बताए। उक्त पालिकाले बिहीबारदेखि जेठ २३ गतेसम्म बिदा दिएको हो।
इटहरी उपमहानगरले भने दुई दिन बिदा दिने निर्णय गरेको छ। प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए।
अहिले सञ्चालन भइरहेको परीक्षामा असर नपर्ने गरी विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको छ।
केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
