भोटो हेर्न राष्ट्र प्रमुख पनि जाने परम्पराअनुसार राष्ट्रपति पौडेल जावलाखेल पुगेका थिए। उनको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए।
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको जात्रामा देखाइएको भोटो अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेल जावलाखेलमा बिहीबार अपराह्न आयोजित भोटोजात्रामा सरिक भएका हुन्। मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ।
भोटो हेर्न राष्ट्र प्रमुख पनि जाने परम्पराअनुसार पौडेल त्यहाँ पुगेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए।
सो अवसरमा राष्ट्रपति पौडेलले रातो मत्स्येन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे। उनले जीवित देवी कुमारीको दर्शन पनि गरे। गत वैशाख ११ गतेदेखि शुरू भएको रथ यात्रा बिहीबार भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू पनि जावलाखेल पुगेका थिए।
भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
