रास्वपा सांसद स्वर्णिम वाग्लेले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएकाले यसपालि यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको बताएका हुन्। उनले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गरे।
“रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ। हामी भन्छौँ, परम्परा धान्नलाई ल्याइएको दस्ताबेज हो। र परम्परा धानिएको पनि छ। नवीनता, ऊर्जा, प्रेरणा, महत्त्वाकांक्षा इत्यादिमा हामी अझ राम्रो गर्न सक्थ्यौँ होला,” उनले भने।
उनले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको पनि बताए। जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन उनले सरकारलाई आग्रह गरे।
“यसपालि यथार्थपरक बजेट ल्याउन म सरकारलाई आग्रह गर्छु। पूर्वाधारकै मोडलमा पनि हामीले पुनः विचार गर्नुपर्यो। पूर्वतयारी, लागत, सञ्चालनको मोडालिटी इत्यादिमा हामीले नयाँ शिराबाट बहस गर्नुपर्ने हुन्छ,” उनले भने।
उनले नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जगाउने खालको बजेट आउनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
