मेसिनको प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ। वर्षा रोकिएकाले साँझसम्ममा सडक सञ्चालन हुनसक्ने बताइएको छ।
काठमाडौँ– अविरल वर्षासँगै गएरातिको पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ।
सडकको म्याग्दी खण्डको आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएपछि सडक अवरुद्ध बनेकोहो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित गोइठेदेखि जलथले खोलासम्म पहिरोले सडक पुरेको बेनी–जोमसोम सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।
सडक ठप्प भएपछि मुस्ताङ भ्रमणका लागि गएका पर्यटक तथा स्थानीय बिचमै रोकिएका छन्। मुस्ताङबाट पोखरा हुँदै काठमाडौँका लागि तथा पोखराबाट मुस्ताङका लागि छुटेका सवारी गन्तव्यमा पुग्न नसकेका हुन्।
मेसिनको प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको सुपरभाइजर शेरचनले बताए। वर्षा रोकिएकाले साँझसम्ममा सडक सञ्चालन हुनसक्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
