जनआन्दोलनमा घाइते भई निधन भएका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
काठमाडौँ– सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०६२/६३ को जनआन्दोलनमा घाइते भई गत वैशाख २८ गते निधन भएका काभ्रेका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको हो।
जनआन्दोलनमा घाइते भई निधन भएका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यसैगरी, बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई स्विट्जरल्यान्डको जेनेभामा जेठ ७ गतेदेखि शुरू हुने ७६औँ वर्ल्ड हेल्थ एसेम्लीमा सहभागी हुनका लागि स्वीकृति प्रदान गरेको छ। जेठ १६ गतेसम्म हुने सम्मेलनमा अतिरिक्त सचिव विकास देवकोटा पनि सहभागी हुने छन्।
त्यसैगरी, सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण, सिंगापुर, संगीता सिंह, प्राध्यापक पुष्करमान बज्राचार्य, प्राध्यापक सुजान फ्राटियार, प्राध्यापक नामपेर, प्राध्यापक सुर्दशनराज तिवारी, पदम ज्योति, लोचन ज्ञवाली, डा. सन्दुक रुईत र भानुप्रसाद आचार्यलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्ले तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्न स्वीकृति दिएको छ। जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि करिब १८३.८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय सरकारले गरेको मन्त्री शर्माले बताइन्।
मन्त्रिपरिषद् बैठकले बुटवल–गोरुसिंगे–चन्द्रोटा सडकको विस्तारित सडक सीमाभित्रका घर, टहरा हटाई क्षतिपूर्ति दिने तथा सो प्रयोजनका लागि जग्गा प्राप्त ऐन २०३४ को दफा ५ बमोजिम सो सडक खण्डको सडक योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउनका निम्ति अधिकारी तोक्नका लागि स्वीकृति प्रदान पनि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
