पूर्वराष्ट्रपति भण्डारीले नेपाल–भारतबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई सुदृढ र सुमधुर बनाउन भौगोलिक सीमासम्बन्धी समस्याहरू हल गरेर अघि बढ्नुपर्ने बताएकी छन्।
काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन्। पूर्वराष्ट्रपति भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नुपर्ने औँल्याएकी हुन्।
शनिबार काठमाडौँमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रूपमा लिखित पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले दुई देशबीचको वर्षौंदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धी सबै समस्याहरू हल गरेर अघि बढ्नुपर्ने तर्क गरिन्।
“हाम्रो देशको नक्सामा संसद्ले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समाविष्ट गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रूपमै नयाँ चेतनाको सञ्चार भएको छ,” उनले भनिन्, “भौगोलिक अखण्डता र देश प्रेमप्रतिको अटल विश्वास प्रदर्शित भइरहेको छ। नेपाली भूभागको यस विषयलाई व्यावहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई हामीले फेरि एक पटक महत्त्वका साथ स्मरण गर्नु पर्दछ।”
पूर्वराष्ट्रपति भण्डारीले एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढ्दा मात्रै आपसी सम्बन्धलाई अझ सुदृढ र विश्वासिलो बनाउँदै लैजान सकिने पनि स्मरण गराइन्। उनले नदी प्रणालीको संरक्षण र संवर्द्धन गरी अघि बढ्न सके नेपालले आर्थिक रूपमा ठूलो प्रगति गर्नेसमेत बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
