मानवीय सहायताकर्मीले क्षतिको मात्रा यकिन गर्न हिँडडुलसमेत गर्न नसकेको गुनासो गरेका छन्।
सुडानको युद्धबाट प्रभावितलाई अति आवश्यक सहयोग प्रदान गर्न खटिएका सहायताकर्मीले घातक जोखिमको सामना गरिरहेको पाइएको छ।
राजधानी खार्तुम र वरपरका क्षेत्रमा निरन्तर बमबारी, व्यापक लुटपाट र तीन वटा ठूला जेल तोडेर कैदीलाई भगाइएको छ। मानवीय सहायताकर्मीले क्षतिको मात्रा यकिन गर्न हिँडडुलसमेत गर्न नसकेको गुनासो गरेका छन्।
इन्टरनेसनल मेडिकल कोरका अनुसार राज्य सेना र अप्रिल १५ मा प्रतिद्वन्द्वी जनरलप्रति वफादार सेनाबीच भएको युद्धमा हालसम्म कम्तीमा १८ जना सहायताकर्मीको मृत्यु भइसकेको छ।
“देशका विभिन्न भागमा भएको लुटपाटको पुष्टि गर्न हामी त्यहाँ जान सक्दैनौँ,” नर्वेली शरणार्थी परिषद् (एनआरसी)का कार्ल स्केम्बरीले भने, “हामी हाम्रा सहकर्मीको जीवनलाई खतरामा पार्न सक्दैनौँ।
स्थानीय सञ्चारमाध्यका अनुसार यस लडाइँमा ७०० जनाको मृत्यु भएको छ। हजारौँ घाइते र लाखौँ विस्थापित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
