जितपछि बैंगलोर १० अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको लखनउ तेस्रो स्थानमा छ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले घरेलु टोली लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
जारी सिजनको ४३औँ खेलमा गएराति लखनउ १८ रनले पराजित भएको हो। १२७ रनको विजयी लक्ष्य पछ्याएको लखनउ १९.५ ओभरमा १०८ रनमा अलआउट भयो।
लखनउका कृष्णप्पा गौथमले १३ बलमा सर्वाधिक २३ रनको योगदान दिए। अमित मिश्राले १९ रन तथा मार्कस स्टोइनिस र नभिन उल हकले समान १३/१३ रन बनाए।
बैंगलाेरका जोस हेजलवुड र कर्ण शर्माले २/२ तथा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, र वानिंदु हसरंगाले समान १/१ विकेट लिए।
इकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो।
बैंगलोरका कप्तान फाफ डु प्लेसिसले ३१ तथा दीनेश कात्र्तिकले १६ रन बनाए। लखनउका नभिन उल हकले ३ विकेट लिए।
रवि बिश्नोइ र अमित मिश्राले २/२ तथा कृष्णप्पा गौथमले १ विकेट लिए। जितपछि बैंगलोर १० अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ।
समान अंक रहेको लखनउ तेस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
