यार्सागुम्बा संकलक बस्दै आएको त्रिपाल हिउँले पुरिएर केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए।
खलंगा– दार्चुलाको ब्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ। मंगलबार दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा संकलक बस्दै आएको त्रिपाल पुरिएको छ।
यार्सागुम्बा संकलक बस्दै आएको त्रिपाल हिउँले पुरिएर केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए। उनको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ।
“हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ, अनि मात्र घटनाको वास्तविकताबारे जानकारी हुन्छ”, हिमपहिरो गएको ठाउँमा जाँदै गरेका डीएसपी भट्टले भने। अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उनको भनाइ थियो। हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा संकलक त्रिपाल हालेर बस्दै आएका थिए। अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा संकलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए।
“केही संकलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ, उनीहरूले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ,” डीएसपी भट्टले भने, “यार्सागुम्बा संकलक स्थानीयबाहेक अन्य जिल्लाका पनि रहेको सूचना प्राप्त भएको छ।” खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए।
संकलक केही दिनअघि यार्सागुम्बा संकलनका लागि लेकतर्फ उक्लिएका ब्यास–१ का वडाध्यक्ष अशोक बोहराले बताए। “लगातार हिउँ परिरहेको थियो, संकलन त्रिपालमुनि नै बस्दै आएका थिए, यार्सागुम्बा संकलन गर्न जान सकिरहेका थिएनन्”, उनले भने।
ब्यासस्थित सीतापुलबाट समेत प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
