कांग्रेस महामन्त्री गगन थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट र आमनागरिकले आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने जिकिर गरे।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहोर्नुपर्ने बताएका छन्।
सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च बेहोर्नुपर्ने बताएका हुन्।
भारतबाट उपचार गरेर आइतबार नेपाल फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट बेहोर्नुपर्ने उनले बताए। उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ बेहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरे।
"यो गणतन्त्र हो, त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट बेहोर्नुपर्छ। म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। त्यसले राष्ट्रपतिको सम्मान र विश्वास कहाँ पुर्याउँछ," उनले भने।
महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट र आमनागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनु नहुने जिकिर गरे।
महामन्त्री थापाले पार्टीबारे बोल्दै कांग्रेसले विगतमा निर्वाचन अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महसुस गर्नुपर्ने बताए। उनले आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै गठबन्धन गर्नु नहुने जिकिर गरे।
उनले आगामी आर्थिक वर्षको बजेटमा श्रमिकहरूको न्यूनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरूलाई आग्रह गरे। त्यस्तै, श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उनले श्रमिकहरूलाई आह्वान गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
