१५ दिनदेखि जारी युद्धमा सैनिक र सर्वसाधारण गरी ५२८ जनाको मृत्यु भएको र चार हजार ५०० सय घाइते भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्त थप हिंसात्मक बनिरहेको छ। दुईपक्षीय युद्धको १५ औँ दिन आइतबार राजधानी खार्तुममा हवाई आक्रमण र भिडन्तका घटना थप चर्किएको हो। युद्धविराम लागू गर्ने सहमति दुवै पक्षले कार्यान्वयन नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दुई पक्षबीचको युद्धविराम आइतबारसम्मका लागि लागू गरिएको थियो। तर युद्धविराम लागू गरिएको भने पनि दुवै पक्षले त्यसको उल्लंघन गरेका हुन्। अर्धसैनिक बललाई परास्त गर्न शहरमा चौतर्फी आक्रमण गरिरहेको, भीषण गोलाबारी पनि भइरहेको आइतबार सुडानी सेनाले जनाएको छ। भीषण भिडन्तका कारण लाखौँ मानिस राजधानीमा थुनिएका छन् भने खाद्यान्नको अभाव भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।
केही देशहरूले त्यहाँ रहेका आफ्ना केही नागरिकको उद्धार गरिसकेका छन्। बेलायतले करिब १९ जना बेलायती नागरिकको उद्धार गरिसकेको बताएको छ। अमेरिकाले पनि आफ्ना सयौँ नागरिकको उद्धार गरेको छ। सुडान बाहिर जान चाहनेहरूका लागि युद्धविरामले सहज हुने भनिए पनि युद्ध नरोकिएपछि त्यो सम्भव नभएको हो।
जारी युद्धमा हालसम्म सैनिक र सर्वसाधारण गरी ५२८ जनाको मृत्यु भएको र चार हजार ५०० सय जनाको मृत्यु भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतकको संख्या अझ बढ्नसक्ने अनुमान छ। यद्यपि, दुवै पक्षको क्षतिको यकिन विवरण बाहिरिएको छैन।
यसैबीच, सुडानमा युद्ध शुरू भएयता आइतबार पहिलो पटक मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय सहयोग पुगेको रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले जनाएको छ। सुडानका अस्पताल र सुडान रेड क्रेसेन्ट सोसाइटीका स्वयंसेवकका लागि आवश्यक आठ टन स्वास्थ्य सामग्री (एनेस्थेटिक, ड्रेसिङ्स र सर्जिकल सुचरसहितका सामग्री) सुडान पुगेको स्काइ न्युजले लेखेको छ।
अफ्रिकाका लागि अन्तर्राष्ट्रिय रेडक्रस समितिका क्षेत्रीय निर्देशक प्याट्रिक युसुफ भन्छन्, “सुडानका स्वास्थ्यकर्मीहरूले असम्भव कामहरू गरिरहेका छन्। पानी, बिजुली र आधारभूत स्वास्थ्य सामग्रीबिना नै घाइतेहरूको हेरचाह गरिरहेका छन्,” उनी थप्छन्, “युद्ध जारी रहँदै आवश्यक सामग्रीहरू सुडानमा ल्याउनु जटिल काम हो। तर देशमा स्वास्थ्य सामग्री आइपुग्दा हामीले राहत महसुस गरेका छौँ।”
साथै, आईसीआरसीले थप स्वास्थ्य सामग्री र आकस्मिक व्यक्तिसहितको विमान चाँडै नै सुडान पठाउने तयारी गरेको स्काइ न्युजले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
