कोरोना संक्रमणबाट एकको मृत्यु, ३६१ जना सक्रिय संक्रमित

शनिबार एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपचारका क्रममा एक जनाको मृत्यु भएको हो। 

शनिबार १ हजार २३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारपछि ३५ जना निको भएर घर फर्किएका छन् भने ३६१ जना सक्रिय संक्रमित छन्।  

यो अवधिमा २०५ जनाको आरटीपीसीआर विधिबाट र १ हजार ३३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ।

यस्तै, संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू)मा आठ र भेन्टिलेटरमा एक जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।