अरनिको, बिपी र हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारी चल्ने गर्छन्। तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने व्यावसायीको भनाइ छ।
काभ्रे– अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीले भारमापन गर्नुपर्ने भएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन्। शनिबार रातिदेखि ढुवानी ठप्प पारेका हुन्।
गृह मन्त्रालयले जिल्लाका भारमापन केन्द्र (तौलपुल) सञ्चालनमा ल्याउन परिपत्र गरेपछि मंगलबार यातायात व्यवसायी तथा सरोकारवालाबीच छलफल भएको थियो। छलफलपछि जिल्ला प्रशासन कार्यालयले अनिवार्य रूपमा भारमापन गर्न निर्देशन दिएको थियो।
७.५ घनमिटर निर्माण सामग्री बोक्न पाउने यातायात व्यवस्था विभागको प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्रमा तौल लिँदा समय लाग्ने तथा तौलको यकिन नगरी दुःख दिएको व्यावसायीको आरोप छ। उनीहरूले पनौती क्षेत्रबाट शुक्रबार रातिदेखि नै ढुवानी ठप्प पारेका थिए।
शनिबार राति अरनिको राजमार्ग, बिपी राजमार्ग र हेलम्बु राजमार्गका ढुवानी ठप्प पारेका हुन्। टिप्परलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ। पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुन्डेमा भारमापन केन्द्र निर्माण गरिएको छ। केराघारीमा शनिबार साँझदेखि नै चालकले मालवाहक गाडी तौलन नहुने भन्दै विरोध जनाएका थिए।
काभ्रेका एसपी भाग्यपुरुष ढकालका अनुसार सबै तौलपुलमा व्यवसायी तथा यातायात मजदुरले विरोध जनाउन थालेपछि त्यस आपसाप ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। बागमती टिप्पर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले प्रशासनले कति तौल बोक्नुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिएको आरोप लगाए।
“हामी पनि विभागको प्रावधानअनुसार नै चलेका छौँ। तौल लिने नाममा दुःख दिनुभएन,” उनले भने, “त्यसैको विरोधस्वरुप ढुवानी रोकिएको हो। तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने उनको भनाइ छ। तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न/गराउन आग्रहसमेत गर्दै आएका थिए।
दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारी चल्ने गर्छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश थापाले टिप्पर तथा ट्रकलाई ढालाभन्दा माथि सामग्री बोकेर नहिँड्न आग्रह गर्दै आइएको बताए।
राजमार्गमा गुड्ने मालवाहक सवारीले अनिवार्य भारमापन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएको उनको भनाइ छ।
भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४, यातायात विभागको पत्र र प्रशासन कार्यालयद्वारा २०७८ फागुनमा जारी पत्रअनुसार स्थानीय तहले कडाइ गरे पनि भारमापन हुनसकेको थिएन। तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले १५० तिर्नुपर्ने नियम छ।
निर्देशिकाअनुसार छ पांग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
