शनिबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक संक्रमितको मृत्यु भएको छ।
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १ हजार १४८ जनाको कोरोना संक्रमित परीक्षण गरिएको छ।
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ पुगेको छ। शनिबार देशभर ३८३ जना सक्रिय संक्रमित छन्। त्यस्तै, शनिबार दिउँसो २ बजेसम्म काठमाडौँ उपत्यकामा २५ जना संस्थागत आइसोलेसनमा छन् भने सात जनाको आईसीयूमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका तीनको भेन्टिलेटरमा उपचार भइरहेको छ।
शनिबार संक्रमणमुक्त भएर ५० जना डिस्चार्ज भएका छन्। मन्त्रालयले देशभर कोरोना संक्रमण बढ्दै गएको भन्दै सतर्कता अपनाउन र खोप लगाउन आग्रह गरेको छ।
खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई व्यक्तिलाई कोभिड–१९ को संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणा बढी हुने मन्त्रालयको भनाइ छ। मन्त्रालयले खोप नलाएको भए तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकता अनुसार पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
