कोरोना संक्रमणबाट १ जनाको मृत्यु, थपिए १०६ संक्रमित

शुक्रबार १ हजार ८८३ जनाको परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १०६ कोरोना भाइरसका संक्रमित थपिएका छन् भने एक जनाको संक्रमणका कारण मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ८८३ जनाको कोरोना परीक्षण भएको छ।

आरटीपीसीआर विधिबाट ५८१ नमुना परीक्षण गर्दा ६४ जनामा र एन्टिजेन विधिबाट १ हजार ३०२ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको हो। शुक्रबार देशभर ४१४ जना सक्रिय संक्रमित छन्। आरटीपीसीआर विधिबाट कोरोना पुष्टि भएकालाई मात्र सक्रिय संक्रमितको तथ्यांकमा समावेश गरिएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा दिउँसो २ बजेसम्म २५ जना संस्थागत आइसोलेसनमा छन् भने सात जनाको आइसीयूमा र गम्भीर अवस्थाका तीन जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

यो अवधिमा ४६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ३५ हजार ९७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांक छ। नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २६ पुगेको छ।