कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ।
कार्यालयका अनुसार शैलेन्द्रकुमार कुरुम्वाङको एसएएस कन्स्ट्रक्सनलाई तीन वर्ष कालोसूचीमा राखिएको छ। यस्तै मुख्य व्यक्ति गोकर्णप्रसाद पण्डित रहेको नागार्जुन शंकरमाली जेभी, दीपक सापकोटाको शंकरमाली निर्माण सेवा प्रालिलाई एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखेको छ।
राजुप्रसाद श्रेष्ठको वाईपी कन्स्ट्रक्सन, रविनकुमार जोशीको रफिना कन्स्ट्रक्सनलाई पनि एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखिएको छ।
साथै टंकप्रसाद चौलागाईको धुलिखेल–युनिकर्ण जेभी र हरि खड्काको युनिकर्ण कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेका छन्। विमल चौधरीको फेवा नेपाल प्रालि, रेशम श्रेष्ठको कन्या कालिका स्टील फर्निचर, प्रमिला थापाको ओम शान्ति निर्माण सेवा, अनिल कुमारको रेडलाइन कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ।
यसैगरी मुख्य व्यक्ति जौवाद हुसेन रहेको सेफ मेटल कन्स्ट्रक्सन, राजुभाई सैँजुको सिरुवा कन्स्ट्रक्सन, गोरे तामाङको कविर कन्स्ट्रक्सन, र सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
