मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
काठमाडौँ– नेपालमा नमुना परीक्षणमा वृद्धि गरिएसँगै कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या पनि बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपराह्न जारी गरेको कोरोना संक्रमणको पछिल्लो अवस्थाबारेको विवरणअनुसार देशभर १७१ जनामा कोरोना संक्रमण देखिएको छ।
२४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप दुई जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको छ।
मंगलबार ९८० नमुनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको छ। त्यस्तै, १ हजार ३१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजिटिभ आएको छ। समग्रमा देशभर २ हजार २९२ नमुनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
मंगलबारको विवरणमा अधिल्ला दिनमा भन्दा नमुना परीक्षण बढेको देखिन्छ। सोमबार १ हजार ६३२ नमुनाको परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको थियो भने एक जनाले ज्यान गुमाएका थिए।
मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
काठमाडौँ उपत्यकामा दिउँसो २ बजेसम्म २२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, आठ जनाको आईसीयूमा र गम्भीर अवस्थामा रहेका चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जेनेरलमा तीन र एचडीयूमा ६ जना संक्रमित उपचाररत छन्।
मन्त्रालयका अनुसार संक्रमित उपचारका लागि हाल ७४२ जेनेरल, ६७० एचडीयू, २१७ आईसीयू र १६९ भेन्टिलेटरको क्षमता अस्पतालहरूमा रहेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
