कारोबारमा आएका २६२ वटा कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर ३५ हजार २३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ।
काठमाडौँ– पुँजी बजारमा दोहोरो अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार २७.३१ अंकले बढेर १८७१.३३ अंकमा कायम भएको हो।
कारोबारमा आएका २६२ वटा कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर ३५ हजार २३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ।
सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक १३९.९१ र जीवन बिमा समूहको उपसूचक ८६.१० अंकले बढेको छ। बैंकिङ समूह १६.७७, विकास बैंक समूह ७९.१८, वित्त समूह ३७.४८, होटल तथा पर्यटन समूह ५३.२२ र जलविद्युत् समूह ३७.९४ अंकले बढेको छ।
त्यस्तै, लगानी समूह ०.७६, लघुवित्त समूह ४९.७५, म्युचुअल फन्ड समूह ०.१६, निर्जीवन बिमा समूह ६२.९२, अन्य समूह १७.४६ र व्यापार समूह २१.९८ अंकले बढेको छ।
पछिल्ला दिनहरूमा लगातार सकारात्मक सर्किट लाग्दै आएको कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा मंगलबार पनि सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ।
असानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ३.५४ प्रतिशतले घटेको छ।
मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको सात करोड १० लाख ९३ हजार बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ८७ हजार ५९४ कित्ता सेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
