मन्त्रिपरिषद् बैठकले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौँ महानगरका मेयर शाहको अभिव्यक्ति अव्यावहारिक रहेको ठहर गर्दै नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको छ।
काठमाडौँ– सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई सचेत गराउने निर्णय गरेको हो।
केन्द्र सरकारले काठमाडौँ महानगरपालिकासँग समन्वय नगरेको भन्दै मेयर शाहले सिंहदरबार परिसद्को फोहोर नउठाउन निर्देशन दिएपछि शनिबार यता फोहोर उठ्न सकेको छैन। मेयर शाहले सामाजिक सञ्जालमार्फत १४ उदाहरण सार्वजनिक गर्दै फोहोर नउठाउनुका कारणबारे स्पष्टीकरण दिएका छन्। पटकपटक छलफल र पहल गर्दा पनि केन्द्र सरकारका मन्त्रालयहरूले समन्वय नगरेको उनको आरोप छ।
तर, मन्त्रिपरिषद् बैठकले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर साहको अभिव्यक्ति अव्यावहारिक रहेको ठहर गर्दै नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाडौँ महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन्।
उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन्। “उनको अभिव्यक्ति राम्रो छैन भन्ने कुरामा छलफल भएको छ। नीतिगत रूपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरा भएको छ,” उनले भनिन्।
त्यस्तै, मन्त्रिपरिषद्ले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्न स्वीकृत दिएको छ। बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरेको उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
