स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको छ।
काठमाडौँ– सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय कोरोना संक्रमण तीव्र रूपमा बढिरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका हुन्।
सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दैनिक ४० जनाभन्दा बढीमा देखिरहेको बताए। उनले यसबाट सुरक्षित रहनका लागि भिडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।
सहायक प्रवक्ता अधिकारीका अनुसार कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिए पनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न गर्नुपर्छ। कोरोनाबाट बच्नको लागि कोभिड–१९ विरुद्धको खोप समयमै लगाउनुपर्ने हुन्छ।
“समग्रमा पछिल्लो समय कोभिड पुष्टि हुनेको संख्या बढेर गएको छ। हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले संक्रमण भए पनि त्यत्ति धेरै फैलिएको अवस्था छैन। कोभिड–१९ विरुद्धको खोप लगाइसकेको भएकाले पनि रोग प्रतिरोधात्मक क्षमता बढिरहेको छ। त्यसले संक्रमण त्यत्ति धेरै समुदायसम्म पुगिसकेको छैन,” उनले आइतबार न्युज एजेन्सी नेपालसँग भने।
सहायक प्रवक्ता अधिकारीले पछिल्लो समय बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरूलाई चापअनुसार स्वास्थ्य सेवा बिस्तार गर्ने गरी निर्देशन दिइसकेको बताए। कोभिड–१९ विरुद्धको खोप नलगाएकाहरूले स्थानीय तहसँगको समन्वयमा खोप लगाउन सक्ने उनको भनाइ छ। उनले छिमेकी मुलुकहरूमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बताए।
“अहिले संक्रमण बढ्ने क्रममा नै छ, यसलाई मध्यनजर गरेर हामीले तयारी गरेका छौँ,” उनले भने। उनले कोरोनाको संक्रमण दर बढिरहेकाले आम नागरिकहरूले समयमै सतर्कता अपनाउन आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
