ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका छन्।
काठमाडौँ– ललितपुरको बखुण्डोल हाइटमा समिट अपार्टमेन्ट बनाउने क्रममा आसपासको जमिन भासिएको छ। जमिन भासिँदा चौधरी समूहले निर्माण गरिरहेकाे अपार्टमेन्टसँगै जोडिएका घरहरू पनि भासिएका छन्।
निर्माणाधीन अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका हुन्। ६ वटा घर भासिएको स्थानीय रन्जन विष्टले बताए। शुक्रबार राति २ बजेपछि जमिन भासिन थालेको उनको भनाइ छ।

भूकम्प गएजस्तै आवाजमा जमिन भासिन थालेपछि ती घरमा सुतिरहेका मानिसहरूको भागाभाग भएको थियो। भागदौड मच्चिँदा केही मानिस घाइते भएका छन्। त्यहाँ शर्मा एन्ड कम्पनीले अपार्टमेन्ट बनाउन ‘रिटेनिङ वाल’ लगाइरहेको छ। बन्दै गरेको पाँचतले भवनको एकतला भासिएको विष्टले सुनाए।


भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
