इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा. हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्ने क्षमता कम भएका मानिस र वृद्धावृद्धलाई बढी समस्या गराउनसक्ने बताए।
काठमाडौँ- पछिल्लो समय भारतमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि फैलिन थालेको पत्ता लागेको छ। नेपालमा पनि ‘ओमिक्रोन एक्सबीबी १.१६’ भेरियन्टका संक्रमित भेटिएका हुन्।
चिकित्सकहरूका अनुसार यो भेरियन्ट तुलनात्मक रूपमा कम घातक र बढी संक्रामक छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा. हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्ने क्षमता कम भएका मानिस र वृद्धावृद्धलाई बढी समस्या गराउनसक्ने बताए।
भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उनको भनाइ छ । “भारतमा देखिएअनुसार नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको पाइँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ”, उनले भने।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताइन्। “यो डेल्टा भेरियन्टभन्दा कम घातक छ”, उनले भनिन्, “नयाँ भेरियन्ट मानिसमा भने चाँडै फैलिन सक्छ।”
डा. रावलले छिटो फैलिने भएकाले सर्तकता अपनाउन आग्रह गरिन्। नयाँ भेरियन्टबाट संक्रमितमध्ये हालसम्म चार जना अस्पतालमा भर्ना भएको उनले जानकारी दिइन्। जसमध्ये तीन जना घर फर्किसकेको तथा एक जना उपचाररत रहेको उनको भनाइ छ।
नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
