तुलसीपुरबाट रुकुमपश्चिमको खौलासम्म अधिकांश स्थानमा सडक बिग्रिएको छ। स्तरोन्नतिको जिम्मा पाएका ठेकेदारले समयमा काम गरेका छैनन्।
तुलसीपुर– राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्।
स्तरोन्नतिको जिम्मा पाएका ठेकेदारले समयमा काम गरेका छैनन्। जसले गर्दा आवतजावतमा समस्या छ। दुर्घटनाको जोखिम पनि उत्तिकै छ।
“आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले उत्तिकै समस्या पार्छ,” स्थानीय रुद्रबहादुर रेउलेले भने, “दुर्घटनाको जोखिम बढेको छ।” सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा धुलोले मानिस चिन्न नसकिने अवस्था हुने यात्रु बताउँछन्।
“धुलोले शरीर ढपक्क ढाकेको हुन्छ,” अर्का स्थानीय लक्ष्मण केसी भन्छन्, “खाल्डाखुल्डीले गर्दा पहिलेजस्तो छिटो पनि आउन सकिँदैन, आधा घण्टा लाग्ने ठाउँमा डेढ घण्टासम्म लाग्छ।” बिग्रिएको ठाउँमा मर्मतका लागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए।
“धेरै ठाउँमा सडक बिग्रिएको छ। अहिले स–साना ठेक्का लागिरहेका छन्,” उनले भने, “यो सकेपछि अर्को वर्ष ठूलो ठेक्का लाग्छ। तर, ठेकेदारले काम नगर्दा समस्या भयो।” यो आर्थिक वर्षभित्र सडक मर्मत सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ।
राप्ती लोकमार्ग शुरूमा ‘ओटासिल’ प्रविधिबाट कालोपत्र गरिएको हो। त्यो थोरै सवारी चल्दाका लागि भए पनि अहिले धेरै सवारी चल्दा बिग्रिएको उनको भनाइ छ। तुलसीपुरबाट रुकुमपश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ।
तीन वर्षदेखि राप्ती लोकमार्गका लागि छुट्टै बजेट आउने गरेको छ। चालु वर्ष विभिन्न २० खण्डमा ४८ करोड रुपैयाँ बजेट परेको छ। सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै ३६ जनाको दुर्घटनाबाट मृत्यु भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
