नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।
पोखरा– गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले सरकार छाड्ने निर्णय गरेको हो।
दलको बैठकले एमाले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको नेताहरूले बताए पनि औपचारिक रूपमा निर्णय सार्वजनिक गरिएको छैन।
माओवादी केन्द्र गण्डकी प्रदेशसभा दलका नेता हरिबहादुर चुमानको सचिवालयका अनुसार अहिले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ।
मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाउने र यसपछि प्रदेशसभा सचिवालयमा समर्थन फिर्ता लिएको जानकारी दिने चुमानको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री खगराजले एमालेका २२, माओवादीका ८ सांसद र राप्रपाका दुई सांसदको समर्थन लिएर सरकार बनाएका थिए।सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
६० सदस्यीय गण्डकी सरकारमा कांग्रेसको २८ सिट छ। एमालेसँग गठबन्धन तोडेर माओवादी कांग्रेससँग मिलेर सरकार बनाउने तयारीमा छ।
समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङेको पनि समर्थन रहेमा गण्डकीमा ३६ सांसदको समर्थनमा नयाँ सरकार बन्ने आकलन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
