योरुबा संस्कृतिमा जुम्ल्याहालाई टाइवो, केहिन्डे जस्ता परम्परागत नामले बोलाइन्छ।
पश्चिम अफ्रिकी मुलुक नाइजेरिया ओयो प्रान्तमा एउटा इग्बो ओरा भन्ने गाउँ छ, जुन जुम्ल्याहाको गाउँ भनेर पनि चिनिन्छ। विश्वमा सबैभन्दा बढी जुम्ल्याहा जन्मिने गाउँका रूपमा परिचित इग्बो ओराको प्रवेशद्वारमै ठूला अक्षरमा ‘जुम्ल्याहाको भूमि, इग्बो ओरा’ भनेर लेखेको देख्न सकिन्छ।
यो गाउँको कूल जनसंख्याको ६० प्रतिशत जुम्ल्याहा छन्। सुन्दा अचम्म लाग्ला, तर इग्बो ओरा गाउँको एकै घरमा बाजेबजै, छोराछोरी, नातिनातिनी सबै जुम्ल्याहा भेट्न सकिन्छ।
योरुबा आदिवासी समुदायको बाहुल्य रहेको इग्बो ओरा गाउँमा सन् १९७० को दशकमा एक बेलायती गाइनोकोलोजिस्टले गरेको अध्ययनअनुसार एक हजार वटा शिशु जन्मिँदा ५० जोडी जुम्ल्याहा जन्मिएका थिए। जुन विश्वमै सबैभन्दा बढी जुम्ल्याहा जन्मिने दर थियो। योरुबा संस्कृतिमा जुम्ल्याहालाई टाइवो, केहिन्डे जस्ता परम्परागत नामले बोलाइन्छ।
त्यही गाउँमा मात्रै किन यति धेरै संख्यामा जुम्ल्याहा जन्मिन्छन् भन्ने ठोस कारण पत्ता लागेको छैन। तर स्थानीयले आफूहरूले भिण्डीको पात, सिमल तरुल मिश्रित खानेकुरा खाएका कारण जुम्ल्याहा जन्मिने गरेको बताउँछन्। तर, वैज्ञानिक रूपमा पुष्टि भएको छैन। एक स्थानीय महिला आयेनिके बामिमोरे भन्छिन्, “धेरै मात्रामा भिण्डीको पात खाएकै कारण मैले आठ जोडी जुम्ल्याहालाई जन्म दिएकी हुँ।”
स्थानीय परम्पराअनुसार सो पातलाई कसरी खाइन्छ भन्ने कुरा महत्त्वपूर्ण मानिन्छ। उदाहरणका लागि भिण्डीको पातको सुप बनाउने बित्तिकै तत्काल खानुपर्ने र बासी राखे यसको प्रभाव नहुने मान्यता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
